पात्रो

रेडियो

समाचार खोजी

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

साझा अर्थ संवाददाता ३० असोज २०८१, बुधवार

 

नेपाल आयल निगमले  ३० असोजदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट १५ अक्टोबर (२९ असोज)मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५९ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य बढेर एक सय ५१ पुगेको छ । यो काठमाडौं, पोखरा र दिपायलका लागि तोकिएको नयाँ खुद्रा बिक्री मूल्य हो । 

हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने फेरबदल गरिएको छैन ।

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ