काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । मंगलबार सार्वजनिक राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा १ खर्ब ३६ अर्ब भित्रिएको छ भने भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार भदौसम्मको रेमिट्यान्स आप्रवाह अघिल्लो आवको सोही अवधिको तुलनामा १८.७ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा ७६ हजार ४ सय ८५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।
साझा अर्थ संवाददाता