काठमाडौं । सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने सयौ यात्रुहरु समस्यामा परेका छन् ।
सडक अवरुद्ध भएपछि टीका लगाउन तथा आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन् । सो क्षेत्रमा सवारी साधनको लामो लाइन रहेको र पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले भनाई छ ।
साझा अर्थ संवाददाता