पात्रो

रेडियो

समाचार खोजी

दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

साझा अर्थ संवाददाता २७ असोज २०८१, आइतवार

बडादसैँको दुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन्। असोज  २४ गते फूलपाती र २६ गते ९महाअष्टमीरमहानवमी०मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर ३०१ उडानमार्फत १७ हजार तीन सय २९ र असोज २५ गते २७८ उडानबाट १४ हजार ४३६ गरी कुल ३१ हजार ७६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन्।

 यस्तै, अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी १०७ उडानमार्फत १६ हजार ५०९ र असोज २५ गते पनि १०७ उडान हुँदा १४ हजार ९६८ गरी कुल ३१ हजार ४७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु संख्या आगमन र प्रस्थान दुवैको हो।

 

333 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्