पात्रो

रेडियो

समाचार खोजी

२० जिल्लाका ७१ स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

साझा अर्थ संवाददाता २४ असोज २०८१, बिहिवार

काठमाडौँ : सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिएकोमा  विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
सो कुराको जानकारी  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ (१) बमोजिक यही असोज १८ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि बाढीपहिरो प्रभावित ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरी हालै राजपत्रमा प्रकाशित गरिएको उहाँले बताउनुभयो ।  गत सोमबारको मन्त्रिपरिषद् बैठकको निणर्यअनुसार ती सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको  प्राधिकरणको भनाई रहेको छ । 
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका  स्थानीयतहहरुमा ओखलढुङ्गाका चार, पाँचथरका दुई, उदयपुरको एक, सोलुखुम्बुका तीन, खोटाङका तीन, इलामको एक, काभ्रेपलाञ्चोकका ११, ललितपुरका चार, दोलखाका तीन, सिन्धुलीका चार, सिन्धुपाल्चोकका पाँच, मकवानपुरका तीन, धादिङका पाँच, रामेछापका आठ, चितवनका तीन, रौतहटका पाँच, महोत्तरीका दुई, सर्लाहीका दुई, सप्तरी र सिरहाका एक/एक रहेका छन् ।

316 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ