पात्रो

रेडियो

समाचार खोजी

दोलखाका चार सहित थप ५७ हिमाल आरोहणका लागि खुला

साझा अर्थ संवाददाता २३ असोज २०८१, बुधवार

सरकारले आरोहणका लागि थप ५७ हिमाल खुला गरेको छ । २१ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ५७ हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेसँगै अब नेपालका चार सय ६१ हिमाल आरोहणका लागि खुला हुने भएको छ ।  

सरकारले हुम्लाको असाज्य टुप्पा पश्चिम, चांगला खाङ, चांगला खाङ पश्चिम, न्यालु आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ । डोल्पाको ज्यांगचे, चानाबोलो, घ्याम्बु पिक, पाल्चुङ–१, पाल्चुङ–२, पाल्चुङ–३, टन्क्या–२, टन्क्या–३ र टन्क्या–४ खुला गरेको छ । डोल्पाका तिन्जे पिक पनि खुला गरिएको छ । मुगुका चांगदी पूर्व, काइपुचोनाम उत्तर–पश्चिम, काइपुचोनाम पश्चिम, कान्ति सेन्ट्रल, कोगी खाङ, योलुंगमा खाङ खुला भएका छन् ।  मुस्ताङका ज्यांगलाटुन्पु, केक्याप रि–१ र केक्याप रि–२, छुआमा–४, छुआमा पिक–१, छुआमा पिक–२, चुंगेन चांगमा, घ्युन हिमाल–२, घ्युन हिमाल–३, लुनाधर खाङ, मनसयल पूर्व, मुस्ताङ हिमाल, यारसाङ खाङ, होंगदे पश्चिम खुला भएका छन् । 

दोलखामा अवस्थित जाबोउ रि उत्तर, रोल्वालिङ खाङ उत्तर, पामल्का, घोडचडी, रसुवाको थाकमोर्पा आरोहणका लागि खुला गरिएको छ । गोरखाको लुम्बो हिमाल, सोलुखुम्बका यासा थाक, चुम्बु उत्तर, महालंगुर पिक, पांगबुक, रोंगसार रि–२ खुला हुने भएका छन् । ताप्लेजुङको नुफु, चाव पूर्व, छोचेनफु उत्तर, नांगामरी उत्तर–पश्चिम, नोबुक, पाबुक खाङ पूर्व, पाबुक खाङ सुदूरपूर्व, सोनुप, यान्मे खाङ दक्षिण–पूर्व, पाथीभरा दक्षिण–पूर्व, पाथीभरा उत्तर–पूर्व पनि खुला भएका छन् ।

310 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता