पात्रो

रेडियो

समाचार खोजी

कुमारी बैंकको दसैँ दक्षिणा अफरमा २५ प्रतिशत क्यासब्याक

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

कुमारी बैंकले आउँदो विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीलाई शुभकामनास्वरूप दसैँ दक्षिणा अफर ल्याएको छ । घटस्थापनादेखि महानवमीसम्मको नौ दिनका लागि दसैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाइल बैंकिबाट रकम ट्रान्सफर गर्ने एक हजार सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्नेछ ।

त्यसैगरी एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको चार दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँबराबरको दसैँ दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

बिहान अनठ बजेदेखि बेलुका ११ :५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ । 

262 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्