पात्रो

रेडियो

समाचार खोजी

डिजीटल वालेटबाट हुने कारोबारको सीमा तीनगुणाले वृद्धि

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

नेपाल राष्ट्र बैंकले देशको प्रमुख चाडपर्व दसैँ–तिहार र छठ पर्वसम्म लागू हुने गरी भुक्तानी सेवाप्रदायक (वालेट)मार्फत हुने कारोबारको सीमा बढाएको छ । सामान्य दिनमा दैनिक १० पटकसम्म रकम जम्मा गर्न पाउने व्यवस्था रहेकोमा अब चाडपर्व अवधिभर दैनिक ३० पटकसम्म वालेटमा पैसा जम्मा गर्न पाइने भएको हो । 

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै यस्तो जानकारी गराएको हो । दसैँका लागि २१ असोजदेखि १ कात्तिक (कोजाग्रत पूर्णिमाको दिन)सम्म यो व्यवस्था लागू हुने केन्द्रीय बैंकले जनाएको छ । त्यस्तै, १५ कात्तिकदेखि २२ कात्तिकसम्मका लागि वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको उल्लेख छ । यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउन संस्थाहरूलाई परिपत्र पनि जारी गरेको छ । 

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता