पात्रो

रेडियो

समाचार खोजी

घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडान हुने

साझा अर्थ संवाददाता १६ असोज २०८१, बुधवार

काठमाडौं– संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको  व्यवस्था मिलाएको बताएका छन् । 

मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रातिकालीन उडानको व्यवस्था मिलाएको बताएका हुन् । मन्त्री पाण्डेले भने ‘बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल,गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ । ’

साथै मन्त्री पाण्डेले रात्रीकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि  राति अपरेशनको समयमा आवश्यकता अनुसार उडान हुने जानकारी दिएका छन्। 

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्