पात्रो

रेडियो

समाचार खोजी

११४ अंकले बढेर नेप्से २६२३ बिन्दुमा, १८ कम्पनीमा सर्किट

साझा अर्थ संवाददाता १५ असोज २०८१, मङ्गलवार

 साताको  तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा थियो। आज १८ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। 

आज नेप्सेमा कुल ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

मंगलबार कारोबारमा आएकामध्ये २४३ कम्पनीको सेयर मूल्य बढ्दा १ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

यस्तै, मंगलबार १८ कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ। आज बैंकिङ समूहको सेयर मूल्य ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको सेयर मूल्य ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले बढेको छ। 

मंगलबार जलविद्युत समूहको सेयर मूल्य ५.९८ प्रतिशत, लगानी समूह ६.१० प्रतिशत, जीवन बिमा समूहको ४.१२ प्रतिशत, उत्पादन समूहको २.१९ प्रतिशत, लघुवित्त समूहको ३.९८ प्रतिशत र निर्जीवन बिमा समूहको ३.०९ प्रतिशतले बढेको छ। 

284 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता