हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १० प्रतिशत बोनश शेयर दिने भएको छ । कम्पनीले कात्तिक २५ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्क्वेट, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई समेत सभामार्फत अन्तिम स्वीकृति दिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
साझा अर्थ संवाददाता