पात्रो

रेडियो

समाचार खोजी

एनएमबिले भित्र्यायो जलविद्युत् र कृषिमा दुई करोड डलर लगानी

साझा अर्थ संवाददाता ११ असोज २०८१, शुक्रवार

 

एनएमबि बैंकले दिगो बैंक बन्ने रणनीतिक आकांक्षाअनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दिगो युटिलिटी स्केल सौर्य र कृषि परियोजना विकासका लागि प्राविधिक सहयोग तथा सल्लाह भित्र्याउने उद्देश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एन्ड डेभलपमेन्ट (डिएफसिडी)सँग सम्झौता गरेको हो । 

त्यस्तै, बैंकले अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत् दिगोपन मूल्यांकन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउन डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ । 

विद्युत् प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिडजडित सौर्य ऊर्जा विस्तार गर्ने नयाँ परियोजनामा एनएमबि बैंकले आफ्ना सौर्य ऊर्जासँग आबद्व ग्राहकलाई आर्थिक रूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र उक्त परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेको छ । 

बैंकले निकट भविष्यमा आफूले लगानी गरेका जलविद्युत् परियोजनाका लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेसन प्राप्त गर्ने लक्ष्य राखेको छ । बैंकको यी पहलले नेपालको ऊर्जा क्षेत्रलाई वातावरणीय र सामाजिक रूपमा लचिलो बनाउन, अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गर्दै व्यावसायिक अवसर सिर्जना गर्ने विश्वास लिएको छ ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता