पात्रो

रेडियो

समाचार खोजी

४५ अर्बभन्दा बढी बक्यौता भुक्तानी गर्न कार्यबाहक प्रधानमन्त्रीलाई ज्ञापनपत्र

साझा अर्थ संवाददाता ९ असोज २०८१, बुधवार

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवासायीको बक्यौता बाँकी भूक्तानी तत्काल निकासाको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।  महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले बिभिन्न आयोजनाहरुको बक्यौता रकम ४५ अर्बभन्दा बढी रहेको भन्दै कार्यबाहक प्रधानमन्त्री सिंहलाई भुक्तानीको पहल गर्न आग्रह गरेका हुन् ।  

निर्माण व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भूक्तानी नपाएको महासंद्धले जनाएको छ ।
  रकम नपाउँदा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भएको र निर्माण सम्बन्धी उद्योगहरु नै बन्द हुने अवस्था आएको भन्दै व्यवसायीहरुको तत्काल भूक्तानी दिन माग गरेका हुन् ।

292 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता