पात्रो

रेडियो

समाचार खोजी

नेपालमा बिजनेस भिसा लिने लगानीकर्ता बढे

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

नेपालमा व्यवसाय गर्ने उद्देँयले आउने विदेशीको संख्या बढेको छ । सोही कामरण चालु आवमा बिजनेस भिसा लिने विदेशीको संख्या बढेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा ६ सय लगानीकर्ताहरुले बिजनेश भिसा लिएको तथ्यांक छ । यो अवधिमा बिजनेश भिसा दिनेमा विदेशी लगानीकर्ताका प्रतिनिधि एक सय ३६ र डिपेन्डेन्ट एक सय ९२ रहेका छन् ।

जबकि, गत आवको सोही अवधिमा बिजनेस भिसा लिने लगानीकर्ता चार सय ९८, प्रतिनिधि ५१, डिपेडेन्ट एक सय २७ विदेशी रहेका थिए । यस वर्षको भदौमा मात्रै बिजनेस भिसा लिने विदेशी लगानीकर्ता तीन सय ९२, प्रतिनिधि ८१ र डिपेन्डेन्ट एक सय ३४ रहेका छन् ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता