पात्रो

रेडियो

समाचार खोजी

आजकाे माैसम पुर्वानुमान

साझा अर्थ संवाददाता १८ जेठ २०८३, सोमवार

काठमाडौँ, १८ जेठः आज देशका विभिन्न भूभागको मौसम सामान्यतया बदली रहने छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ । 

यस्तै, कर्णाली र सुदूरपश्चिमलगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका  तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । 

आज राति देशको हिमाली भू–भागमा साधारणतया,  पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एकदुई स्थानमा  हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

101 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु