पात्रो

रेडियो

समाचार खोजी

अनिलकुमार झा कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

साझा अर्थ संवाददाता १८ जेठ २०८३, सोमवार

काठमाडौँः  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिलकुमार झालाई मनोनित गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले आइतबार राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका रौतहट निवासी झालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो ।

सभापति थापाले झालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भएबमोजिम केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको कांगे्रस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

50 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ