पात्रो

रेडियो

समाचार खोजी

कानुन व्यवसायीमा ‘मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन’ आवश्यक

साझा अर्थ संवाददाता ११ जेठ २०८३, सोमवार

काठमाडौँ : कानुन व्यवसायी तथा न्यायाधीशहरूमा मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको अत्यधिक आवश्यकता रहेको विज्ञहरूले बताएका छन्। विशेष अदालत बार एसोसियसनले आयोजना गरेको एक अन्तरक्रियामा यस्तो चर्चा गरिएको हो।

सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलले न्यायिक क्षेत्रमा पहिलोपटक मानसिक स्वास्थ्यबारे छलफल हुनु सकारात्मक रहेको बताउँदै न्यायाधीशमाथि फैसलापछि सामाजिक सञ्जालबाट हुने आलोचनाले ठूलो मानसिक दबाब सिर्जना गर्ने उल्लेख गर्नुभयो। उहाँले ठूलो मुद्दाको फैसला गर्ने दिन सामाजिक सञ्जाल नहेर्न सुझाव दिँदै राष्ट्रिय न्यायिक प्रतिष्ठानको तालिममा मानसिक स्वास्थ्य विषयको छुट्टै कक्षा राख्नुपर्ने बताउनुभयो।

नेपाल बार एसोसियसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले तनावका कारण कानुन क्षेत्रका केही व्यक्तिले आत्महत्या गर्नुपरेको भन्दै ठूला कानुन व्यवसायी कार्यालयले कर्मचारीलाई मानसिक स्वास्थ्य तालिम दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा मनोचिकित्सक डा. ऋषभ कोइरालाले नेपालमा १० मध्ये एक जना मानसिक समस्याबाट पीडित रहेको र अमेरिकामा २८ प्रतिशत अधिवक्तामा डिप्रेसन देखिने भन्दै योग, ध्यान, सन्तुलित आहार र शारीरिक सक्रियताले तनाव कम गर्न सकिने सुझाव दिनुभयो। विशेष अदालत बार एसोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवरले आगामी दिनमा कानुन व्यवसायीको मानसिक स्वास्थ्य परीक्षणका लागि स्क्रिनिङ क्याम्प सञ्चालन गरिने जानकारी दिनुभयो।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्