पात्रो

रेडियो

समाचार खोजी

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

साझा अर्थ संवाददाता ८ जेठ २०८३, शुक्रवार

सिरहा, ८ जेठ – लहान नगरपालिका–१० मा निर्माणाधीन नगर अस्पतालको काम अन्तिम चरणमा पुगेको छ। करिब ८० प्रतिशतभन्दा बढी भौतिक पूर्वाधार सम्पन्न भइसकेको छ।

सम्झौताअनुसार आगामी असार १५ गतेभित्र भवन हस्तान्तरण गर्ने तयारी छ। हाल लहानमा रहेको प्रादेशिक अस्पतालमा सिरहा, सप्तरी र उदयपुरका बिरामीको चाप अत्यधिक छ। नयाँ नगर अस्पताल बनेपछि त्यो चाप घट्ने र स्थानीय बासिन्दाले छिटो सेवा पाउने विश्वास गरिएको छ।

१२ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो अस्पताल १५ शय्याको हुनेछ। नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार यहाँ प्रसूति (मातृशिशु) तथा बालरोगसम्बन्धी विशिष्ट सेवा उपलब्ध गराइनेछ।

पहिलो तलामा प्रशासनिक, आकस्मिक र ओपिडीसहित ४० कोठा रहनेछन् भने दोस्रो तलामा जनरल वार्ड, प्रसूतिगृह र अपरेसन थियटरसहित ६२ कोठा रहनेछन्। तेस्रो तलामा थप संरचना बनाउने योजना छ।

निर्माण व्यवसायी मल्टिटेक कन्स्ट्रक्सनले गुणस्तरमा सम्झौता नगरी काम गरिरहेको जनाएको छ। भवन हस्तान्तरणलगत्तै सेवा सञ्चालन गर्ने नगरको लक्ष्य छ।

74 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु