पात्रो

रेडियो

समाचार खोजी

२ दर्जन ठुला प्रसारण लाइन निर्माण हुँदै

साझा अर्थ संवाददाता ६ जेठ २०८३, बुधवार

काठमाडौँ,०६,जेठ:आगामी दशकभित्र नेपाललाई दक्षिण एसियाकै प्रमुख ऊर्जा केन्द्र बनाउन सरकारले उच्च क्षमताका दुई दर्जन बढी विद्युत प्रसारण लाइन निर्माणलाई तीव्रता दिएको छ। आन्तरिक खपत बढाउन र भारत तथा बंगलादेशसँगको अन्तरदेशीय व्यापारका लागि देशभर ४०० केभी र २२० केभी क्षमताका करिडोर बनाइँदै छ।

यसअन्तर्गत नेपाल-भारत दोस्रो क्रस-बोर्डर नयाँ बुटवल–गोरखपुर लाइनको काम तीव्र छ भने इनरुवा–पूर्णिया र दोधारा–बरेली लाइन अघि बढेका छन्। ढल्केबर–इनरुवा सम्पन्न भइसकेको छ भने एमसीसीको सहयोगमा रातमाटे–बुटवल ट्रंक लाइन र कर्णाली, तमोर, मर्स्याङ्दी करिडोरहरू निर्माणका विभिन्न चरणमा छन्। भारतसँग १० हजार मेगावाट निर्यात सम्झौता भइसकेको अवस्थामा यी पूर्वाधार समृद्धिको मेरुदण्ड बन्नेछन्।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु