दोलखाः दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापा विजयी हुनु भएको छ । आज विहान सम्पन्न मतगणना अनुसार ४६२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनु भएको हो ।
उहाँका प्रतिश्पिर्धी दिनेश पाठकले ३५९ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ । संघको १६ औं अधिवेशनमा थापा र पाठकले प्यानलनै बनाएर प्रतिश्पर्धा गर्नु भएको थियो । थापा आफ्नो प्यानल सहित विजयी हुनु भएको छ । पाठक प्यानलबाट उमेद्वारी दिएका कुनै पनि उमेद्वारले विजय हाँसिल गरेका छैनन् । थापा बागमती प्रदेश उद्योग वाणिज्य संघका वर्तमान सदस्य हुनुहुन्छ भने पाठक दोलखा उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष हुनु हुन्छ । थापालाई नेपाली काँग्र्रेस तथा नेपाली कम्युनिष्ट पार्टी निकट ब्यावसायीहरुको समर्थन थियो भने पाठकलाई रास्वपा तथा एमाले निकट ब्यावसायीहरुको समर्थन रहेको थियो ।
थापा प्यानलबाट विजयीहुनेहरुमा बरिष्ठ उपाध्यक्षमा प्रविण श्रेष्ठ, उपाध्यक्षमा विवेक खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेस उप्रेति तथा सचिवमा अनिल रिजाल तथा कोषाध्यक्षमा रामशरण बस्नेत रहनु भएको छ । यस्तै सदस्यहरुमा दलित सदस्यमा प्रकाश नेपाली, महिला सदस्यमा पार्वती भण्डारी शर्मा, मागादेउराली शाखा सदस्यमा च्छो नाम्गेल तामाङ, सिगटी शाखा सदस्यमा रिमबहादुर ओली तथा खुल्ला दुई सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेति रहनु भएको निर्वाचन समितिको भनाई रहेको छ ।
