पात्रो

रेडियो

समाचार खोजी

दोलखा उद्योग वाणिज्य संघको निर्वाचन आज हुँदै

साझा अर्थ संवाददाता ३१ वैशाख २०८३, बिहिवार

दोलखा, ३१, बैशाखः दोलखा उद्योग वाणिज्य संघको आज निर्वाचन हुँदै छ । संघको १६ औं अधिवेशन अन्तर्गत आज निर्वाचन हुन लागेको हो । 
संघको अध्यक्षमा सनत थापा तथा दिनेश पाठकले आ–आफ्नो प्यानल सहित उमेद्वारी  दिनु भएको छ । काँग्रेस तथा नेपाली कम्युनिष्ट पार्टी निकट ब्यावसायीहरुको समर्थन थापाको प्यानललाई तथा पाठक प्यानललाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट ब्यावसायीहरुको समर्थन रहेको बताइएको  छ । 
विहान १० बजेबाट मतदान प्रारम्भ हुने निर्वाचन अधिकृत राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो । मतदान समाप्त पछि मतगणना प्रारम्भ गरिने अधिकृत श्रेष्ठको भनाई रहेको छ । दोलखा उद्योग वाणिज्य संघमा कुल एकहजार ३६ जना सदस्य रहेका छन् ।

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्