पात्रो

रेडियो

समाचार खोजी

सुनचाँदीको मूल्य बढ्यो

साझा अर्थ संवाददाता २३ वैशाख २०८३, बुधवार

काठमाडौँ, २३ वैशाखः मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्