पात्रो

रेडियो

समाचार खोजी

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

साझा अर्थ संवाददाता १६ वैशाख २०८३, बुधवार
समाचार सारांश
  • चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै रु २६ अर्ब १३ करोडका सवारीसाधन र पार्टपुर्जा भित्रिएका छन्।
  • गत वर्षको सोही अवधिको तुलनामा आयातमा ३६.१९ प्रतिशतले वृद्धि भई राजस्व सङ्कलन पनि बढेको छ।
  • विशेषगरी, विद्युतीय सवारीसाधनको आयातमा १०२ प्रतिशतले उल्लेख्य वृद्धि भएको छ।
This summary was generated by AI and has been editorially reviewed.

वीरगञ्ज (पर्सा), १६ वैशाख : वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ ।   गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो ।

गत आवको नौ महिनामा भने रु १९ अर्ब १९ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको थियो ।   वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा सवारीसाधन र सोमा प्रयोग हुने पार्टपुर्जाको आयातमा बढोत्तरी भएको बताउनुभयो । चालु आवको नौ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको आयातबाट मात्रै रु १८ अर्ब २२ करोड राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सोही अवधिमा भने सवारीसाधन आयातबाट मात्रै रु १४ अर्ब ८४ करोड राजस्व सङ्कलन भएको थियो ।  

चालु आवको नौ महिनामा रु एक अर्ब १७ करोड मूल्य पर्ने ५९१ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु एक अर्ब ६६ करोड मूल्य पर्ने ८०५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो । चालु आवको नौ महिनामा रु छ अर्ब ४२ करोड मूल्य पर्ने ४५ हजार ६२० वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने रु चार अर्ब ६७ करोड मूल्य पर्ने ३५ हजार ७९९ वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ ।   त्यस्तै चालु आवको नौ महिनामा रु दुई अर्ब चार करोड मूल्य पर्ने २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने रु एक अर्ब ३५ करोड मूल्य पर्ने १३ हजार ८६१ वटा ट्याक्टर तथा टिलर आयात भएको छ ।  

चालु आवको नौ महिनामा रु दुई अर्ब ९८ करोड मूल्यका विद्युतीय सवारीसाधन भित्रिएको छ ।  गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशत अर्थात् रु एक अर्ब ५० करोड बढी आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु एक अर्ब ४८ करोड मूल्यका विद्युतीय सवारीसाधनको आयात भएको छ ।  चालु आवको नौ महिनामा रु एक अर्ब ४६ करोड मूल्य पर्ने ४९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४८ करोड मूल्य पर्ने १७२ वटा विद्युतीय चल्ने जीप, कार र भ्यान आयात भएको थियो ।

38 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ