काठमाडौंः बुधबार, नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।
आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आजर चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँमा कारोवार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ मा कारोबार भएको थियो ।