पात्रो

रेडियो

समाचार खोजी

चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए दर

साझा अर्थ संवाददाता १ चैत २०८२, आइतवार

काठमाडौँ :
वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२ को चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। फागुन महिनाको तुलनामा केही बैंकहरूले व्यक्तिगत निक्षेपकर्ताका लागि ब्याजदर घटाएका छन् भने अधिकांश बैंकहरूले दर यथावत राखेका छन्।

२० वाणिज्य बैंकमध्ये नेपाल बैंक लिमिटेडले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५.१ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ, जुन अन्य बैंकहरूको तुलनामा सबैभन्दा ठूलो गिरावट हो। त्यस्तै ग्लोबल आइएमई बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ४.५० प्रतिशतमा झारेको छ भने संस्थागत निक्षेपको दर ३.५ प्रतिशतबाट ३.० प्रतिशतमा घटाएको छ।

कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.४३ प्रतिशतबाट घटाएर ४.१२ प्रतिशत निर्धारण गरेको छ। कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर करिब ०.१ प्रतिशतले घटाएका छन्।

यता हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक तथा सानिमा बैंकले भने चैत महिनाका लागि ब्याजदर यथावत राखेका छन्।

चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा उच्च ब्याजदर ५.१ प्रतिशत कायम रहेको छ भने संस्थागत मुद्दती निक्षेपतर्फ हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ४ प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्।

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु