हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएको छ । प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको शेयरमा खरिदकर्ताले न्यूनतम १०० कित्ता शेयर खरिदका लागि बोलकबोल पेस गर्न सक्नेछन् ।
कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद बिक्री खुला गर्न लागेको हो । यस अघि पनि कम्पनीले १ः१ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो । तर सबै कित्ता शेयर बिक्री नभएपछि बाँकी रहेको शेयर बोलकबोल बढाबढमा लिलामी गर्न लागेको हो ।
साझा अर्थ संवाददाता