पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधारणकालागि सालपा विकास बैंकको आईपीओ विक्री खुल्ला

साझा अर्थ संवाददाता १६ पुष २०८२, बुधवार

काठमाडौंः सालपा विसका सबैंक लिमिटेडको आइपीओ विक्रि आजबाट खुल्ला भएको छ । सर्वसाधारणकालागि आजबाट आइपीओ विक्री खुल्ला भएको गरिएको हो । 
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति नियमक निकायबाट पाएको छ । 
कम्पनीले १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । 
कम्पनीको  धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा पुष २० गतेसम्म  आवेदन दिन सकिने छ ।

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्