पात्रो

रेडियो

समाचार खोजी

राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

साझा अर्थ संवाददाता २७ भदौ २०८१, बिहिवार

काठमाडौंः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ  । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले सो निर्देशन दिनु भएको हो ।  
भन्सार विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझै राजश्व बढाउने गरी काम गर्न निदेशन दिनुभयो ।  राजश्व परिचालनमा कुनैपनि सम्झौता गर्न नहुने उहाँको भनाई थियो । 
अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौती रहेको उल्लेख गर्दै पौडेलले राजश्व परिचालन प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताउनु भयो ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्