पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम सिमेन्टले २०८१/८२ का लागि २० प्रतिशत लाभांश प्रस्ताव

१५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव, आगामी वार्षिक साधारणसभाबाट अनुमोदनपछि लागू हुने

साझा अर्थ संवाददाता ३० कार्तिक २०८२, आइतवार
समाचार सारांश

सर्वोत्तम सिमेन्टले २०८१/८२ का लागि कुल २०% लाभांश—१५% नगद र ५% बोनस—प्रस्ताव गरेको छ। नगद लाभांश रु. ७४.६३ करोड र बोनस शेयर रु. २४.८७ करोड बराबरको हुनेछ। प्रस्ताव AGM बाट अनुमोदन भएपछि लागू हुनेछ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले आर्थिक वर्ष २०८१/८२ का लागि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर सहित कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश बराबर करसहित रु. ७४.६३ करोड र ५ प्रतिशत बोनस शेयर बराबर रु. २४.८७ करोड हुन्छ। हाल कम्पनीको चुक्ता पुँजी रु. ४.९७ अर्ब रहेको छ। उक्त लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभा (AGM) ले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो।

149 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ