काठमाडौँ, कात्तिक २४ गते । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बीच ‘शाइन रेसुङ्गा डेबेञ्चर (SHINED)’ सूचीकृत गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, कुल १० लाख कित्ता डेबेञ्चरहरू नेप्सेमा सूचीकृत गरिएको हो। प्रत्येक कित्ताको अंकित मूल्य १ हजार रुपैयाँ रहेको छ। यस डेबेञ्चरको निष्कासन २०७९ साल असार ३२ गतेदेखि साउन ४ गतेसम्म सञ्चालन गरिएको थियो।
उक्त निर्गमको इस्यु म्यानेजर निम्ब ऐस क्यापिटल लिमिटेड रहेको थियो। ‘शाइन रेसुङ्गा डेबेञ्चर (SHINED)’ को म्याच्युरिटी अवधि १० वर्ष र कुपन दर ८ प्रतिशत तोकिएको छ। यस सूचीकृतसँगै लगानीकर्ताहरूले अब नेप्से मार्फत सो डेबेञ्चरमा कारोबार गर्न सक्ने भएका छन्।