काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ ।
आगामी मङ्सिर २९ गते साधारणसभा आह्वान गरेको कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले हालसम्म कै सबैभन्दा धेरै लाभांश घोषणा गरेको दाबी गर्दै जलविद्युत कम्पनीहरु मध्ये पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सबैभन्दा धेरै भएको जनाएको छ ।