पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट बैंकको ३१औं वार्षिक साधारणसभा सम्पन्न, २०% लाभांश पारित

साझा अर्थ संवाददाता १३ कार्तिक २०८२, बिहिवार

काठमाडौं, कात्तिक १३ – एभरेष्ट बैंक लिमिटेड (EBL) ले आफ्नो ३१औं वार्षिक साधारणसभा (AGM) कात्तिक १३ गते (अक्टोबर २९, २०२५) सम्पन्न गरेको छ। सभामा बैंकका सेयरधनीहरूले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको २०% लाभांश पारित गरेका छन्, जसमा ६% बोनस सेयर र १४% नगद लाभांश समावेश छ।

साधारणसभाले बैंकको आर्थिक विवरण, ज्ञापनपत्र र नियमावलीमा गरिएका संशोधन प्रस्ताव, साथै आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ।

यो लाभांश असोज २३ गतेसम्म नामावलीमा रहेका सेयरधनीहरूलाई मात्र वितरण गरिनेछ। साधारणसभाले आगामी वर्षका नीतिगत निर्णय, नाफा वृद्धि तथा संस्थागत सुधारका लागि आधार तयार गरेको बैंकले जनाएको छ।

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्