पात्रो

रेडियो

समाचार खोजी

दुई महिनामा कुल वस्तु निर्यात ४७ अर्ब ३२ करोड रुपियाँ पुग्यो

साझा अर्थ संवाददाता २९ असोज २०८२, बुधवार
समाचार सारांश

आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको कुल वस्तु निर्यात ८८.६% बढेर ४७ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जबकि आयात १६.२% बढेर ३ खर्ब ५ अर्ब १६ करोड पुगेको छ।

भारततर्फ निर्यातमा उल्लेखनीय वृद्धि (१३९.९%) भए पनि चीनतर्फ ५८.५% ले गिरावट आएको छ।

मुख्य निर्यात वस्तुहरूमा भटमासको तेल र जुटका चाउचाउ छन् भने मुख्य आयात वस्तुहरूमा कच्चा तेल, मल र सवारी साधन छन्।

यस अवधिमा व्यापार घाटा ८.६% बढेर २ खर्ब ५७ अर्ब ८४ करोड पुगेको छ। निर्यात–आयात अनुपात १५.५% पुगेको छ, जुन अघिल्लो वर्षको ९.६% भन्दा सुधारिएको हो।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु निर्यात ८८.६ प्रतिशतले बृद्धि भई ४७ अर्ब ३२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले बृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।
चालु आर्थिक वर्षको दुई महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले बृद्धि भई तीन खर्ब पाँच अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.१ प्रतिशतले बृद्धि भएकोे थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ८.० प्रतिशत, २५.१ प्रतिशत र ३३.४ प्रतिशतले बृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, हवाइजहाज स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, तयारी पोसाक, तेलहन, लसुनलगायतका वस्तुको आयात घटेको छ ।
यस्तै आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले बृद्धि भई दुई खर्ब ५७ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले बृद्धि भएकोे थियो ।
समीक्षा अवधिमा निर्यात आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी २७ अर्ब ७५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २९ अर्ब ९३ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ६९.३ प्रतिशत, २९.९ प्रतिशत र ०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ४५.६ प्रतिशत, ५३.२ प्रतिशत र १.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३६.८ प्रतिशत, ५४.३ प्रतिशत र ८.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ४१.८ प्रतिशत, ४९.७ प्रतिशत र ८.५ प्रतिशत रहेको थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०८२ भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा १.३ प्रतिशतले कमी आएको छ भने आयात मूल्य सूचकाङ्कमा ०.२ प्रतिशतले बृद्धि भएको छ । गत भदौ महिनामा व्यापारको सर्त १.५२ प्रतिशतले घटेको छ ।

158 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ