पात्रो

रेडियो

समाचार खोजी

सबै प्रकारका डिजिटल भुक्तानीमा ग्राहकलाई १० प्रतिशत भ्याट फिर्ता हुने

साझा अर्थ संवाददाता २४ भदौ २०८१, सोमवार


सबै प्रकारका डिजिटल भुक्तानीमा ग्राहकलाई भ्याट फिर्ता हुने भएको छ। डिजिटल माध्यमबाट हुने भुक्तानीलाई प्रोत्साहन गर्न आन्तरिक राजस्व विभागले यस्तो निर्णय गरेको हो ।  
विभागकाअनुसार क्युआर, कोड, मोबाइल बैंकिङ,  डेबिट क्रेडिट कार्ड जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत भ्याट फिर्ता पाउनेछन।  यसका लागि सम्बन्धित भुक्तानी प्रदायकले १० प्रतिशत भ्याट फिर्ता बापतको रकम ग्राहकको खातामा तुरुन्तै फिर्ता हुने व्यवस्था मिलाउनलाई विभागले निर्देशन दिएको छ।  

विभागले भदौ २१ गते यस्तो निर्णय गर्दै यस्तो व्यवस्था मिलाउनलाई परिपत्र गरेको हो । यसअनुसार बिक्रेताहरुले तत्कालै भ्याट फिर्ताको व्यवस्था कार्यान्वयन गर्नुपर्ने हुन्छ। यो निर्णय कार्यान्वयनका लागि विभागले सबै आन्तरिक राजश्व राजश्व कार्यालयहरुलाई निर्देशन समेत दिइसकेको जनाएको छ।

 

320 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता