पात्रो

रेडियो

समाचार खोजी

एसवाई प्यानल नेपालले चितवनका स्थानीय र प्रवासी नेपालीका लागि सेयर जारी स्थगित गर्यो

साझा अर्थ संवाददाता २९ भदौ २०८२, आइतवार

काठमाडौँ, भदौ २९, २०८२ – एसवाई प्यानल नेपालले चितवन जिल्लाका स्थानीय बासिन्दा र विदेशमा कार्यरत नेपालीहरूका लागि ल्याउन लागेको सेयर जारी प्रक्रिया हाललाई रोक्ने निर्णय गरेको छ।

कम्पनीका अनुसार, सेयर बिक्री भदौ २९ गतेदेखि खुला गर्ने तयारी भए पनि नेपालमा देखिएको प्रतिकूल परिस्थिति कारण तत्कालका लागि प्रक्रिया अघि नबढाइने भएको हो।

अधिकृत जानकारीमा कम्पनीले भनिएको छ, “सेयर जारी तथा सम्पूर्ण प्रक्रिया अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित गरिएको छ। अवस्था सहज भएपछि नयाँ मितिसहितको सूचना सार्वजनिक गरिनेछ।”

यससँगै, चितवनका स्थानीय तथा विदेशमा कार्यरत नेपाली कामदार, जो आवेदन दिन तयारी अवस्थामा थिए, उनीहरूलाई धैर्य राख्न कम्पनीले अनुरोध गरेको छ।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्