पात्रो

रेडियो

समाचार खोजी

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन, नेता र अभियन्ताहरुलाई बाठो नबन्न चेतावनी

साझा अर्थ संवाददाता २२ भदौ २०८२, आइतवार

काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन् ।

बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु उमेर हदबन्दीका कारण आन्दोलनमा जान नमिल्ने भन्दै उनीहरुको कुरा बुझ्नुपर्ने र आफ्नो पुरा समर्थन रहने बताएका हुन् । साथै बालेनले स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न चेतावनी पनि दिएका छन् ।

उनले भनेका छन्-

भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेन जी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ