पात्रो

रेडियो

समाचार खोजी

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल

साझा अर्थ संवाददाता २१ भदौ २०८२, शनिवार

काठमाडौ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार मन्त्री स्तरीय निर्णय गर्दै बस्याललाई अध्यक्ष नियुक्त गरेका हुन्।

उनलाई तीन वर्षको कार्यकालका लागि अध्यक्षमा नियुक्त गरिएको हो। यस अघि उनी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको प्रमुख कार्यकारी अधिकृत थिए। उनले केही दिन अघि मात्र सो पदबाट राजीनामा दिएका थिए।​

यसअघि नेप्सेमा अध्यक्ष रहेका शोभाकान्त पौडेल सहसचिवबाट सचिवमा बढुवा भएपछि नेप्सेमा अध्यक्ष पद रिक्त थियो। 

220 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु