पात्रो

रेडियो

समाचार खोजी

आजबाट टिकटकमाथिको प्रतिबन्ध हट्यो

साझा अर्थ संवाददाता २१ भदौ २०८१, शुक्रवार

काठमाडौ: सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । आजबाट सो प्रतिबन्ध हटेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ । 
प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निणर्य गरेको थियो । 
सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो ।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ