पात्रो

रेडियो

समाचार खोजी

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

साझा अर्थ संवाददाता २१ भदौ २०८१, शुक्रवार

 पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अगामी ४ वर्षका लागि बोर्डकै पूर्वसीईओ जोशीलाई नियुक्त गरेको हो ।

बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य तथा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक उपसमितिले सीईओ छनोट गर्न तीन जनाको नाम सिफारिश गरेको थियो। बोर्डले उपसमितिले सिफारिश गरेकै तीन जनामध्येबाट बोर्डले जोशीलाई नियुक्त गरेको हो ।
 

पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि निवर्तमान सीईओ डा. धनन्जय रेग्मीको कार्यकाल सकिएपछि उक्त पद रिक्त थिया बोर्डको सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको थियो ।

284 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ