कालिञ्चोक दर्शनको सहायक कम्पनीका रुपमा रहेको कालिञ्चोक इन्भेष्टमेन्टको अधिकृत पूँजी ७४ करोड २५ लाख रूपियाँ छ भने जारी पुँजी ५२ करोड रूपियाँ रहेको छ ।
कम्पनीको जारी पूँजी एक अर्ब ५० करोड रुपियाँ रहेको छ भने भुक्तानी पूँजी हालसम्म ५१ करोड ५७ लाख ५० हजार रुपियाँ पुगेको छ । कम्पनीले हालै २० करोड रुपियाँ बराबरको जग्गा किनिसकेको जनाएको छ ।
काठमाडौं । कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीको बिहीबार राजधानीमा बसेको तेस्रो वार्षिक साधारणसभाले प्रस्तावसहित पारित गरेको हो ।
कम्पनीको सार्वजनिक कम्पनी बनेपछिको पहिलो पहिलो साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष बलकृष्ण शिवाकोटीले गर्नुभएको थियो । साधारणसभा गत असार १२ गते हुने तय भए पनि स्थगित भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल भएको साधारणसभामा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा प्रस्तुत भएको थियो ।
कालिञ्चोक दर्शनको सहायक कम्पनीका रुपमा रहेको कालिञ्चोक इन्भेष्टमेन्टको अधिकृत पूँजी ७४ करोड २५ लाख रूपियाँ छ भने जारी पुँजी ५२ करोड रूपियाँ रहेको छ ।
कम्पनीको जारी पूँजी एक अर्ब ५० करोड रुपियाँ रहेको छ भने भुक्तानी पूँजी हालसम्म ५१ करोड ५७ लाख ५० हजार रुपियाँ पुगेको छ । कम्पनीले हालै २० करोड रुपियाँ बराबरको जग्गा किनिसकेको जनाएको छ ।
सभामा कम्पनीले आगामी दिनमा तीन नयाँ केबलकार परियोजनामा लगानी गर्ने योजना सार्वजनिक गरेको छ । यस्तै, एक करोड ५० लाख रुपियाँ र ५० लाख रुपियाँका दुई जलविद्युत परियोजनामा टोकन लगानी गरिसकेको जानकारी दिएको छ ।
साधारणसभामा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति, व्यवस्थापन टोलीको तलब संरचना र हालको लेखा परीक्षकलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ ।
कम्पनीका अध्यक्ष शिवाकोटीले पर्यटन र जलविद्युत दुबै क्षेत्रमा लगानी गरेर दीर्घकालीन रूपमा सेयरधनीलाई प्रतिफल दिने विश्वास व्यक्त गर्नुभयो ।