व्यवसाय विस्तार गर्न सर्वसाधारणको समेत सहभागिता गर्नका लागि आईपीओ निष्काशनबाट १५ लाख कित्ता सेयर जारी गरी जम्मा १५ करोड रुपियाँ जुटाउने तयारी
काठमाडौँ । भक्तपुरमा विगत ४ वर्षदेखि सञ्चालनमा रहेको होटल भादगाउँ एण्ड रिर्सोटले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
व्यवसाय विस्तार गर्न सर्वसाधारणको समेत सहभागिता गर्नका लागि आईपीओ निष्काशनबाट १५ लाख कित्ता सेयर जारी गरी जम्मा १५ करोड रुपियाँ जुटाउने तयारी गरेको रिर्सोटले जनाएको छ ।
थप लगानीबाट होटलको सुविधा पाँचतारे स्तरमा स्तरोन्नति गर्ने, पूर्वाधार विकास गर्ने योजना गरिएको रिर्सोटले जनाएको छ ।
रिर्सोटले सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्काशनका लागि मङ्गलबार आयोजित एक कार्यक्रममा होटल भादगाउँ एण्ड रिर्सोटको तर्फबाट प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।