काठमाडौंः स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।
लघुवित्तले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लाई, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।
दोस्रो चरणमा लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आइपीओ निष्काशन बन्द छिटोमा भाद्र ३ गते तथा ढिलोमा भाद्र १३ गते हुनेछ ।