काठमाडौंः बरुण हाइड्रोपावर कम्पनी लिमिटेड को हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । असार ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिएको हकप्रदमा भाद्र ३ गते सम्म आवदेन दिने म्याद थप गरिएको शेयर विक्री प्रबन्धकले जनाएको छ । कम्पनीले १ः१ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको गरेको छ । ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो । शेयर निष्काशन गर्ने प्रयोजनकालगिा जेठ २२ गते बुकक्लोज गरिएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।