पात्रो

रेडियो

समाचार खोजी

नवनियुक्त बागमती प्रदेशका मन्त्रीहरुको स्थगित

साझा अर्थ संवाददाता १५ साउन २०८२, बिहिवार

काठमाडौः बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ स्थगित गरिएको छ । प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएका कारण शपथ स्थगित गरिएको हो । 
बागमती प्रदेश प्रमुखको कार्यालय हेटौंडाका अनुसार विहिवार दिउँसो एक वजेका लागि निर्धारित नवनियुक्त मन्त्रिहरुको शपथ प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या देखिएकोले अर्को सूचना प्रकाशित नभएसम्मकालागि स्थगित गरिएको छ । 
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गर्नु भएको थियो । प्रदेश प्रमुखको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचार्थ विहिवार बिहानै काठमाडौं जानु भएकोले शपथ स्थगित गरिएको प्रदेश प्रमुखको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु