पात्रो

रेडियो

समाचार खोजी

बैङ्किङ क्षेत्रलाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड

साझा अर्थ संवाददाता ११ साउन २०८२, आइतवार
समाचार सारांश

आधुनिक प्रविधिमैत्री , पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँः नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले बैंकिङ क्षेत्रलाई थप प्रविधि मैत्री तथा पारदर्शी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।  राजधानीमा आर्थिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा आयोजित ‘इमान संवादः फ्युचर अफ बैंकिङ’ कार्यक्रमलाई सम्बोध गर्ने क्रममा सो कुरामा जोड दिनु भएको हो । 
आधुनिक प्रविधिमैत्री , पारदर्शी र जनता केन्द्रित बनाउँदै सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिँदै डिजिटल वित्तीय सेवाको द्रुत विकास र ग्राहकमैत्री प्रणालीको विकासले बैंकिङ क्षेत्रको भविष्य निर्धारण गर्ने बताउनुभयो । 
 कार्यक्रममा इमानका अध्यक्ष रोयल आचार्यले बैंकिङ प्रणालीको विकासमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने बताउँदै सबैले आफ्ना भूमिका निष्पक्ष भएर निर्वाह गर्नुपर्ने बताउनुभयो । इमान संवादले नीति निर्माता, नियामक निकाय र सरोकार भएका निकायबीच पुलको रुपमा काम गर्ने उहाँको विश्वास थियो । कार्यक्रममा बैंकिङ प्रणालीको भविष्य, डिजिटल प्रविधि र वित्तीय सुरक्षाको बारेमा  छलफल गर्नुका साथै अर्थतन्त्रका विविध पक्षका बारेमा सुझाव आदानप्रदान गरिएको इमानले जनाएको छ । 

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्