पात्रो

रेडियो

समाचार खोजी

एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन

साझा अर्थ संवाददाता ११ साउन २०८२, आइतवार

    
बेलायत, ११ साउन : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न मतगणना अनुसार उहाँले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्नुभएको थियो ।    
    
पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी गर्नुभएको थियो भने अध्यक्ष पदका अर्का उम्मेदवार खरेलले नौ सय ७७ र खत्रीले चार सय ९६ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल, महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटाले विजयी हुनुभएको छ । सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी हुनुभएको छ ।    
    
नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तल्लो तहसम्म पुग्ने अभियान हामीले आजैदेखि सुरुआत गरेका छाँै । हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुन सक्नुपर्छ ।” सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको उहाँले जानकारी दिनुभयो । (रासस)    

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ