पात्रो

रेडियो

समाचार खोजी

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु

साझा अर्थ संवाददाता १० साउन २०८२, शनिवार


 तेहरान, १० साउन (रासस/एएफपी): इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक न्यायलय रहेको भवनमा शनिबार भएको ‘आतङ्ककारी आक्रमणमा’मा परी कम्तीमा छ जनाको मृत्यु भएको इरानी अदालत सम्बद्ध एक स्रोतले जनाएको छ । 

न्यायपालिकाद्वारा सञ्चालित मिजान अनलाइनले घटनामा  पाँच जनाको मृत्यु भएको र १३ जना घाइते भएको समाचार सार्वजनिक गरेको छ ।

घाइतेमध्ये थप एक जनाको पनि मृत्यु भएको छ । 

तेहरान, १० साउन (रासस/एएफपी): प्रान्तीय मुख्य न्यायाधीश अली मोवाहेदी–राडलाई उद्धृत गर्दै मिजानले पछि घाइतेको सङ्ख्या २२ पुगेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको बताउनुभएको छ । 

आगन्तुकको भेषमा भवनभित्र पस्न खोजेका र विष्फोटक पहिरनधारी तीनै जना बन्दुकधारीको मृत्यु भएको उहाँले बताउनुभयो । 

“इस्लामिक रिभोल्युसनरी गार्ड कोरको लडाकु दस्ता (कुद्स) मुख्यालयले घटनामा तीन जना आतङ्ककारी मारिएको पुष्टि गरेको छ,” उहाँले भन्नुभयो । 

मृत्यु हुनेहरूमा अदालतको सुरक्षा गरिरहेका तीन जना कानून प्रवर्तन सदस्यहरू पनि थिए र उनीहरू अदालतको सुरक्षार्थ खटिएका थिए । 

सिस्तान–बलुचिस्तान प्रान्तका प्रहरी सहकमान्डर अलिरेजा दलिरीका अनुसार आक्रमणकारीले भवनमा ग्रिनेड प्रहार गरेका थिए।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणको केही समयपछि पाकिस्तानमा रहेको तर इरानमा सक्रिय बलोच जिहादी समूह अरबी भाषामा जैश अल अदल भनिने ‘आर्मी अफ जस्टिस’ ले आक्रमणको जिम्मेवारी लिएको छ ।

राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित यो अशान्त प्रान्तको पाकिस्तान र अफगानिस्तानसँग लामो सीमा जोडिएको छ ।

उक्त क्षेत्रमा आइआरजिसीलगायत इरानी सुरक्षा बल, बलुच अल्पसङ्ख्यकका विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागुऔषध तस्करबीच पटक–पटक भिडन्त हुने गरेको छ ।

यस क्षेत्रको भएको सबैभन्दा घातक घटनाहरूमध्ये पछिल्लो एक अक्टोबरमा भएको घटनामा १० जना प्रहरी अधिकारीहरू मारिएका थिए । अधिकारीहरूले उक्त आक्रमणमा पनि ‘आतङ्कवादी’ संलग्नता रहेको बताएका थिए । 

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
33%
तटस्थ
67%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ