काठमाडौंः सोलुखुम्बु जिल्लामा निर्माण गरिएको तल्लो सोलु जविद्युत आयोजनाको जिद्युुत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । ८२ मेगावाट क्षमताको सो आयोजनाको विद्युुत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
सोलुखोलामा निर्मित सो आयोजना सोलु कोरीडोरको १३२ केभी डबलसर्कीट प्रशारण लाईन मार्फत तिङ्ला सबस्टेशन बाट राष्ट्रिय प्रसारण प्रणामिा जोडिएको आयोजनाले जनाएको छ । गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणगरी प्रसारण लाइनमा जोडिएको आयोजनाको भनाई रहेको छ । यो जलविद्युत आयोजना सोलु हाइड्रोपावर लिमिटेडद्वारा निर्माण गरिएको हो । एफएमओसहितका विभिन्न युरोपियन बैङ्कहरुको १६ अर्ब लगानीमा आयोजना निर्माण सम्पन्न भएको प्रवद्र्धक कम्पनीले जनाएको छ ।