काठमाडौंः उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार स्थायित्वकालागि गठन भएको बताउनु भएको छ । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले उक्त कुरा बताउनु भएको हो ।
आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले वर्तमान सरकार स्थायित्वका लागि गठन भएको तथा वर्षमा तीनपटक अर्थमन्त्री फेरिने परिपाटी को अन्त्य हुने बताउनुु भयो । कार्यक्रममा उहाँले निजी क्षेत्रलाई गुनासो गर्न छोडेर काममा लाग्न आग्रह गर्नु भयो । मौद्रिक नीतिलाई पहिलोपटक सबैले स्वागत गरेको ले निजिक्षेत्रलाई सरकारले आश्वस्त पारेको दावी उहाँले गर्नु भयो । सोही कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने अवस्था देखिएको बताउनुभयो । राज्य तथा नेपालराष्ट्र बैङ्कले लिएका नीतिका् प्रभाव बजारमा सकारात्मक देखिन थालेको गभर्नर अधिकारीको दावी थियो ।
साझा अर्थ संवाददाता