काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) ले आफ्ना प्रवर्धक तथा कर्मचारीहरूको सेयरमा रहेको लक–इन अवधि श्रावण १० गते, २०८२ मा समाप्त हुने सूचना प्रकाशित गरेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा जारी निर्देशिका अनुसार, कम्पनीले लगानीकर्ता र सरोकारवालालाई लक–इन अवधिको अन्त्यबारे औपचारिक रूपमा जानकारी दिएको हो।
हाल डिप्रोक्सको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड ८६ लाख ८२ हजार ८६० इकाइ सेयर सूचीकृत छन्। तीमध्ये प्रवर्धकहरूले २ लाख २ हजार ३४२ इकाइ, र कर्मचारीहरूले १ हजार ४८२ इकाइ सेयरहरू दुई वर्षदेखि आईपीओ लगत्तै लक–इन अवधिमा राखिएका थिए।
कम्पनीको कुल चुक्ता पूँजी रु १ अर्ब ८६ करोड रहेको छ। तर, कम्पनीको बोर्ड अफ डाइरेक्टर्स र उच्च व्यवस्थापन तहका कर्मचारीहरूले धारण गरेका सेयर लक–इन अवधि सकिएपछि पनि कारोबार गर्न नपाउने व्यवस्था रहेको छ। सेयर बजारमा डिप्रोक्सको अन्तिम कारोबार मूल्य रु ८०९.७२ मा बन्द भएको छ।
साझा अर्थ संवाददाता